आज ४ बजे चुनाव लक्षित ‘प्रतिबद्धतापत्र’ सार्वजनिक गर्दै नेकपा

Feb 10, 2026 02:23 PM merolagani



नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आउँदो फागुन २१ गते हुने आम चुनाव लक्षित ‘प्रतिबद्धतापत्र’ आज मंगलवार सार्वजनिक गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत प्रतिबद्धतापत्र सार्वजनिक गरिने नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।