तामाका‍ेसीमा खसेकाे बसका चालक सकुसल, २० मध्ये १२ यात्रुकाे मृत्यु

Feb 10, 2026 05:32 PM merolagani



रामेछापमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । काठमाडौंबाट २० जना यात्रु लिएर हिडेकाे बस मंगलबार रामेछापको मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट तामाकोसीमा खसेको थियो ।

दुर्घटनामा आठजनाको जीवितै उद्धार गरेर विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जानकारी गराएकाे छ । बसका चालक कुशन थापामगर भने सकुशल भएकाे प्रहरीले पुष्टि गरेकाे छ ।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ०१–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।