बोर्डबाट स्वीकृत भएअनुसार युनाइटेड अजोडले १००:१५ को अनुपातमा कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका यी शेयरको कुल मूल्य २३ करोड १० लाख रुपैयाँ हुनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
उता बिमा कम्पनीले अनुमति पाउँदा अर्कोतर्फ दुई ठुला कम्पनीहरू हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन्। बोर्डको पछिल्लो तथ्याङ्कअनुसार साहस ऊर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले हकप्रदका लागि निवेदन दिएका हुन्।
साहस ऊर्जा लिमिटेड कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद जारी गर्न निवेदन दिएको छ। यसअनुसार कम्पनीले ४ करोड ५७ लाख ३८ हजार कित्ता शेयर निष्कासन गरी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ। यसको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड कम्पनीले पनि १:१ को अनुपातमा १ करोड ७९ लाख ८१ हजार २११ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएको छ। यस निष्कासनमार्फत कम्पनीले १ अर्ब ७९ करोड ८१ लाख रुपैयाँभन्दा बढी पूँजी जुटाउनेछ। यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
मंगलबारसम्मको तथ्याङ्कअनुसार धितोपत्र बोर्डको पाइप लाइनमा विभिन्न क्षेत्रका १६ वटा कम्पनीहरू रहेका छन्। यी सबै कम्पनीहरूले अनुमति पाएमा बजारमा कुल १४ करोड ८४ हजार ९२० कित्ता थप हकप्रद शेयर आउनेछन्। यसको कुल बजार मूल्य १४ अर्ब ८४ लाख ९१ हजार ९८० रुपैयाँ हुने बोर्डले जनाएको छ।