गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ८ करोड ३२ लाख रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५५.१४ प्रतिशत बढेको हो।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी ५९.६५ प्रतिशत बढेको छ भने कुल नाफा ८८.३२ प्रतिशत बढेको छ।
आम्दानी बढेपनि कम्पनीको नोक्सानी भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १ करोड ४५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ कराेड ६१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। कम्पनीको खर्च बढेका कारण नोक्सानी बढ्न पुगेको हो।
७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २० करोड ५७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३४ पैसा रहेको छ।
