मार्केट लिजेन्ड्स सिरिज: संस्थापक शेयरका हस्ती शशीकान्त अग्रवालको प्रेरणादायी यात्रा

Feb 16, 2026 07:07 PM Merolagani



काठमाण्डाैको झाेँछेमा जन्मिएका शशिकान्त अग्रवाल पुर्ख्याैली व्यापारलाई आधुनिक उद्योग र सेवा क्षेत्रमा रूपान्तरण गर्ने स्थापित उद्यमी हुन् । कपडा व्यापारबाट सुरु भएको अग्रवालको व्यवसायिक यात्रा बैंक, बीमा,जलविद्युत, धागो उद्योग,चिनी उद्योग,होटल हुँदै शेयरबजारसम्म फैलिएको छ ।

अन्तर्राष्ट्रिय चेन होटलका ब्राण्ड नेपालमा भित्र्याएर सफलता प्राप्त गरेका सफल व्यवसायी हुन अग्रवाल । एमएस ग्रुपका प्रबन्ध निर्देशक अग्रवालले जोखिम,अनुभव र समयको माग बुझ्दै व्यवसायलाई बिस्तार गरेका छन।

अग्रवालको लगानी रणनीति भावनामा होइन,तथ्य,संस्थागत सुशासन र दीर्घकालीन स्थायित्वमा आधारित छ। विषेश गरी संस्थापक शेयरमा लगानी गर्न रुचाउने अग्रवाल दैनिक नेप्से सूचकको उतारचढावलाई त्यति वास्ता गर्दैनन्।

छोटो समयको उतार–चढावभन्दा कम्पनीको आधारभूत क्षमता, व्यवस्थापनको इमान्दारिता र भविष्यको क्यास–फ्लोमा विश्वास गर्छन् अग्रवाल। अग्रवालका अनुसार, “लगानी भनेको केवल नाफा खोज्ने माध्यम मात्रै होइन,उत्पादन, रोजगारी र सम्पत्ति सिर्जनासँग जोडिएको जिम्मेवारी पनि हो।”

अनुशासन,पारदर्शिता र धैर्यताको आधारमा उभिएको लगानी राणनीतिले अग्रवाललाई केवल सफल उद्यमी मात्र होइन, भरोसायोग्य लगानीकर्ता र कर्पोरेट लिडरको रूपमा समेत स्थापित गराएको छ । उनै अग्रुवाललाई ‘मेरो लगानी मार्केट लेजेन्ड्स सिरिज’मा स्वागत गर्दछौ ।

पूरा भिडियाे हेर्नुहाेस्