एक वर्षभन्दा लामोसमयदेखि भारतीय शेयर बजारमा लगानी गर्न हच्चिरहेका विदेशी लगानीकर्ताहरुको ठूलो समुह एकाएक भारतीय शेयर बजारमा लगानी गर्न आकर्षित भएपछि त्यस्तो देखिएको हो ।
भारत र अमेरिकाबीच भएको व्यापार सम्झौता लगत्तै भारतीय शेयर बजारमा विदेशी लगानीकर्ताको आकर्षण फेरि तीब्ररुपमा बढेको छ । अमेरिका र भारतबीच व्यापार सम्झौतामा हस्ताक्षर भएपछि फेब्रुअरी महिनाको १५ दिन भित्र विदेशी पोर्टफोलियो लगानीकर्ता ९एफपीआई० ले भारतीय शेयर बजारमा १९ हजार ६७५ करोड भारु लगानी करिब २० हजार करोड रुपैयाँ भारतीय लगानी गरेका छन् । जबकी जनवरीसम्म विदेशी लगानीकर्ताहरु निरन्तर पलायन भैरहेका थिए । उनीहरुको पलायनको कारण भारतीय शेयर बजारले गति लिन सकिरहेको थिएन । एफपीआईले जनवरीमा ३५,९६२ करोड भारु, डिसेम्बरमा २२,६११ करोड भारु र नोभेम्बरमा ३,७६५ करोड भारु निकालेका थिए। सन् २०२५ मा विदेशी लगानीकर्ताले भारतीय बजारबाट १।६६ लाख करोड भारु निकालेका थिए । यस्तोमा फेब्रुअरीमा विदेशी लगानीले बजारको उत्साह थप बढाउन सक्छ ।
मर्निङस्टार इन्भेस्टमेन्ट रिसर्च इन्डियाका प्रबन्ध प्रमुख हिमांशु श्रीवास्तवका अनुसार अन्तर्राष्ट्रिय चासोको वातावरणमा आएको सुस्ती हालैको विदेशमा खरिद हुनुको प्रमुख कारण हो । खासगरी, अमेरिकाको नरम मुद्रास्फीतिको तथ्यांकले लगानीकर्ताको विश्वासलाई बलियो बनाएको छ । जसका कारण उनीहरु भारत जस्ता उदीयमान बजारमा जोखिम मोल्न इच्छुक देखिएका छन् । एन्जल वनका वरिष्ठ पूर्वाधार विज्ञ वकरजावेद खानले पनि स्वीकार गरे कि अमेरिका(भारत व्यापार सम्झौता, केन्द्रीय बजेट २०२६, २७ को सकारात्मक प्रभाव र विश्वव्यापी अनिश्चिततामा कमी जस्ता कारकहरूले विदेशी लगानीकर्ताहरूको विश्वासलाई बलियो बनाउन काम गरेका छन्। जसका कारण यो परिवर्तन देखिएको छ ।