होटल ईष्टर्न नेपालकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

Feb 17, 2026 11:09 AM Merolagani



झापामा सन्चालनमा आउन लागेकाे होटल ईष्टर्न नेपाल र एनआईसी एशिया क्यापिटलवीच प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नको लागि  बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।

होटल ईष्टर्न नेपाल मेचिनगर–१०, झापामा रहेको अन्तराष्ट्रिय स्तरको प्रस्तावित ५ तारे होटल हो। होटल ईस्टर्न नेपाल संचालनको लागि इन्टर कन्टिनेन्टल होटल्स ग्रुप–एशिया प्यासिफिक पीटीई लिमिटेडको ब्राण्डअन्तर्गतको विश्व विख्यात ख्याती प्राप्त “हलिडे इन एक्सप्रेस एण्ड सुट्स” संग व्यवस्थापकिय सम्झौता समेत सम्पन्न भइसकेको छ। जस अन्तर्गत होटलको समग्र व्यवसाय विस्तार, होटल सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहने छ। निर्माणको अन्तिम चरणमा रहेको होटल ईष्टर्न नेपाल यही मिति २०८३ साल जेठ भित्र सफ्ट ओपनिङ्ग गर्ने लक्ष्य सहित सम्पूर्ण आवश्यक प्रकृया अगाडी बढाएको छ।

होटल सञ्चालनमा आउन साथ पाँच तारा होटल स्तरको सम्पूर्ण सेवाहरु जस्तै क्यासिनो, डेडिकेटेड हाई इन्ड गेमिङ्ग एण्ड इन्टरटनमेन्ट, रुफटप, स्वीमिङ्ग पुल, कम्फर्ट, लक्जरी, सुट्स तथा मोर्डन रुम, ब्याङ्कक्वेट हल, मल्टिपल डाइनिङ आउटलेट, रुफटप रेष्टुराँ, जाकुजी, स्पा तथा हेल्थ क्लब, इन हाउस लण्ड्री र प्रोफेशनल हाउसकिपिङ्ग लगायतका सेवा उपलब्ध हुनेछन्। होटलको निर्माण सम्पन्न गरी नियमित सञ्चालनमा आएको अवस्थामा होटल रहेको स्थान इण्डियन बोर्डरबाट जम्मा ७ कि.मि.को दुरी रहेको तथा इण्डियन विमानस्थल, बागडोरा जम्मा २७ कि.मि.को दुरीमा रहेको हुँदा इण्डियन ग्राहकहरुलाई लक्षित सेवा प्रदान गरिनेछ। अन्तराष्ट्रिय स्तरको होटल ईष्टर्नले नेपालको पूर्वी क्षेत्रमा मात्र नभई समग्र रुपमा नेपालको टुरिजम क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु-याउने देखिन्छ।

एनआईसी एशिया क्यापिटलले आफ्नो “आईडिया टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।