बहुदिवसीय यस सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्री, नीति निर्माता, अनुसन्धानकर्ता तथा विश्वका अग्रणी प्रविधि कम्पनीका शीर्ष नेतृत्वको उल्लेखनीय सहभागिता रहेको छ।
सम्मेलनमा विश्वका ठूला प्रविधि कम्पनीको उच्च तहको सहभागिता देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, एसोसिएटेड प्रेस र अल जजिराका अनुसार ओपनएआई, गुगल, माइक्रोसफ्ट, अमेजन, मेटा, आइबीएम, एनभिडिया र एन्थ्रोपिकजस्ता कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक सम्मेलनमा सहभागी भइरहेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सम्मेलन ग्लोबल साउथमा आयोजना गरिएको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली कृत्रिम बुद्धिमत्ता सम्बन्धी बहुपक्षीय जमघटमध्ये एक हो।