केही दिनअघि मात्र ब्रोकरमार्फत मार्जिन कर्जाको सुविधा सुरु गरिए पनि त्यसले बजारमा सकारात्मक ऊर्जा भर्न सकेन। लगानीकर्ताको आत्मविश्वास कमजोर हुँदा सूचकमा सुधार नदेखिएको विश्लेषण गरिएको छ।
चुनाव नजिकिए पनि राजनीतिक स्थिरता अझै सुनिश्चित नभएको भन्दै धेरै लगानीकर्ता थप लगानी गर्न हिच्किचाइरहेका छन्। अर्कोतर्फ, सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था सन्तोषजनक रूपमा सुधार नभएको र कम्पनीहरूले वितरण गर्ने प्रतिफल आकर्षक नहुँदा दीर्घकालीन लगानी बजारमा आकर्षित हुन सकेको छैन।
साधारण शेयरधनी संघका अध्यक्ष ऋतुजङ्ग जी.सी.ले यिनै कारणले बजारमा अपेक्षित चलायमानता आउन नसकेको बताए। उनै जी.सीसँग सुधा देवकोटाले गरेकाे कुराकानी:
बजारका लागि सहज हुने गरी नीतिगत सुधार भएका छन । तर बजार जस्ताको त्यस्तै छ । शेयर बजारमा यस्तो किन भएको छ ?
शेयर बजारलाई सहज र सरल बनाउनको लागि एकपछि अर्को नीतिगत सहजीकरणहरु भइराखेका छन । यस्तो हुँदा पनि बजार बढ्न सकेन । यो किन भएको छ भन्ने सबैलाई लागेको छ । यसमा अचम्म मान्नु भन्दा लगानीकर्ताको बजारप्रतिको चेतना बढेको कारण पनि भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
शेयर बजारमा अपुग भयो भनिएका अधिकांश मागहरु पुरा भएका छन । बजारमा तरलता पनि राम्रो छ । तर पनि बजार बढेन । किन बढेन भन्ने कुरा छ । नीतिगत सुधार भएता पनि बजार बढेन भन्ने इफेक्ट’ देखिएको छ । तर कारण थाहा हुन सकेको छैन । अहिले सूचिकृत कम्पनीहरुको प्रगतिमा ह्रास भएको छ । कम्पनीको प्रतिफल क्षमता घटेको छ । बजारको एक वर्षको सूचकलाई हेर्दा २४ सयदेखि ३ हजारको विन्दुमा उतारचढाव भएको छ । याे अवस्थामा लगानीकर्ताहरु नोक्सानीमा छन । यो अन्तरालमा ग्रुप बनाउने र कम्पनी चलाउनेहरुले अवसर पाएका छन । केही कम्पनीहरु चलाएर पूँजीगत लाभ भएको छ । दीर्घकालीन लगानी गर्नेले अपेक्षित प्रतिफल प्राप्त गर्न सकेको छैनन् । बजारबाट राम्रो होला भनेर गरिएको लगानीले प्रतिफल दिएको छैन ।
दोस्रो बजारमा पूँजीगत लाभको लागि मात्रै लगानी गरिएको हुँदैन । कम्पनीको प्रतिफलको लागि पनि लगानी गरिएको हुन्छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको छ । यस्तो न्यून विन्दुमा रहेको ब्याजदर अर्थात मुद्धती निक्षेप भन्दा नेप्सेको प्रतिफल कम छ । एक वर्षको अन्तरालमा शेयर बजारबाट २ प्रतिशत मात्रै प्रतिफल छ । ४ प्रतिशत ब्याजदर बैंकमा छ । यस्तो बेला बजारमा कसरी लगानी आकर्षित हुन सक्छ ? त्यसै कारण बजार बढ्न सकेको छैन ।

यसमा लगानीकर्ताले कम्पनी छनोटमा चुकेका छन् वा के कारण बजारबाट लाभ लिन सकेका छैनन् ?
तपाईले भनेजसरी हेर्दा बजारमा भविष्य देखिदैन । नियामक निकायको कारण नै बजार प्रभावित भएको छ । नेपाल धितोपत्र बोर्ड यसैगरी यथास्थितीमा रहने हो भने बजार खरानी हुन्छ । बजारमा जस्ता कम्पनीलाई पनि सहज रुपमा प्रवेश गर्न पाएका छन । यसले बजार बिगारेको छ । लगानीकर्ताले कम्पनी छनोटमा गर्दा बिग्रेको होईन । नियामक निकायले कम्पनीलाई सूचिकृत गराउँदा राखेका प्रावधानहरुले बजारलाई बिगारेको छ । बजारमा आउनु पुर्व नै कम्पनीहरुको अवस्था सुधार हुनु पर्छ । जस्ता कम्पनीलाई पनि सहज रुपमा बजारमा प्रवेश गर्न दिनु हुँदैन ।
दोस्रो बजारमा कम्पनीले वितरण गर्ने लाभाँश र अन्य शुशासनमा प्रतिस्पिर्धा होस । त्यसबाट हुने लाभ लगानीकर्ताले लिन सक्नु पर्छ । त्यस्तो दीगो सोचका साथ कम्पनीलाई बजारमा ल्याउनु पर्छ । अहिले सटरमा भएका कम्पनीहरु पनि सूचिकृत भएका छन । बजारमा धेरै कम्पनी आएर समस्या भयो भन्न खोजिएको होईन । बजारमा जति धेरै कम्पनी आयो । यति धेरै राम्रो हो । नाफामा भएका कम्पनीलाई बजारमा ल्याउनु पर्छ । कम्पनीले वितरण गर्ने प्रतिफलले बजारमा तरलताको मात्रा बढाउँछ । राम्रो कम्पनी बजारमा आएमा लगानीकर्ताहरु विश्वस्त भएर लगानी बढाउने वातावरण बन्ने छ । अनि मात्रै बजार दीगो हुने छ ।
समग्र बजारको विग्रँदो अवस्थाको लागि नियामक दोषी देख्दैगर्दा लगानीकर्ताले चाँहि सही तरिकाले लगानी गरेका छन् ?
हाल कारोबारमा रहेका कुनै कम्पनी दीगो लगानीयोग्य छैनन । कारोबारमा रहेका कुनै कम्पनी लगानी योग्य छैनन् भन्दै गर्दा केही कम्पनीले लाभांश वितरण गरेकै छन । तर लगानीकर्ताले राम्रो कम्पनी छनोट गरेर कारोबार गर्दा पनि नोक्सानी भएकाे छ । बजारको नियामक निकायले कम्पनी सुधारमा पनि ध्यान दिनु पर्छ । धितोपत्र बोर्डको निगरानीमा रहेका कम्पनीको वृद्धि विकासमा समेत ध्यान दिनु पर्यो । सूचिकृत कम्पनीले लगानीकर्तालाई न्याय दिएको छ वा छैन । धितोपत्र ऐनको अन्तगर्त कम्पनी सञ्चालन भएका छन् वा छैन । कम्पनीले गर्नुपर्ने कार्य सम्पादन गरेका छन वा छैनन भन्ने कुराको ख्याल गर्नुपर्ने हुन्छ ।
कम्पनीहरुले वास्तविक प्रगति विवरण सार्वजनिक गरेका छैनन् । प्रतिफल केही छैन । बनावटी वित्तीय विवरण हेरर राम्रो भन्दै लगानी गर्नेहरुको हालत वेहाल भएको छ । लगानीकर्ताले कम्पनीको प्रतिवेदन हेरेर लगानी गर्ने हो । कम्पनीको वित्तीय विवरण गलत छ भन्ने कुराको खोजी गर्ने र आम सर्वसाधारणको लगानीको सुरक्षा गर्ने जिम्मा नियामकको हो । नियामकले आफ्नो काम प्रभावकारी रुपमा नगर्दा दोस्रो बजारको लगानी प्रतिफलको क्षमतामा ह्रास भएको छ । साथै लगानीको जोखिम बढ्दो अवस्थामा छ ।
सूचीकरण हुने प्रकृयामा रहेका प्रत्यक कम्पनीको आईपीओ ओभर सस्क्राइब भएको छ । दोस्रो बजारमा पनि कम्पनी राम्रो छैन भन्ने थाह हुदाँहुदै किन लगानी गरिन्छ ?
यो विषयमा मैले 'मोमोक्रेसी’ भन्ने शब्द प्रयोग गर्न चाँहे । यसलाई भीडतन्त्र भनिन्छ । अहिलेको बजारमा मोमोक्रेसी हाबी भएको देखिन्छ । भीडले के भन्छ ? सोही अनुसारको राणनीति बनेको हुन्छ। कुनै कम्पनी फलानो मान्छेले चलाएको वा ब्रोकरले उठाएको छ भनेपछि धेरै लगानीकर्ताहरु आँखा चिँलेर लगानी गरेका छन । लगानी गर्नुपूर्व कम्पनीको विषयमा कुनै अध्ययन गरिएको हुँदैन । वित्तीय विरणको अवस्था थाहा छैन । जसरी हुन्छ आजको भोलि नाफा चाहियो । यसरी लगानी भएको छ । अर्कोतर्फ प्राथमिक बजारमा १०० रुपैयाँमा खरिद गरिएको शेयर बढेर दुई हजार भन्दा माथिल्लो मूल्यमा बिक्री गर्न पाएको छ । यस अर्थमा पनि लगानी भएको छ ।
नियामकले मोमोक्रेसी अर्थात भीडतन्त्रलाई कसरी नियन्त्रण गर्न सक्छ ?
यस्तो भीडतन्त्र न्यूनिकरण गर्न नियामकको अहम् भूमिका हुन्छ । नियामकले कम्पनी दोस्रो बजारमा प्रवेश गर्नु पूर्व नै नियन्त्रण गर्नु पर्ने हुन्छ । बलियो नीतिगत व्यवस्था गर्ने र नोक्सानीमा भएका कम्पनीलाई बजारमा आउन रोक्नु पर्छ । नीतिगत रुपमा नै मापदण्ड तयार पारेर कम्पनीलाई बजारमा ल्याउनु पर्छ ।
दोस्रो बजारमा आउँदा कम्पनीहरुले नीतिगत रुपमा नै मापदण्ड पुर्याएर आएको भन्ने नियामकले बताउने गरेको छ । लगानीकर्ताको बुझाईमा किन फरक भयो ?
यसमा पनि मैले अर्को शब्द प्रयोग गर्न रुचाएँ । 'कैकिस्टोक्रेसी’ जहा अयोग्यतन्त्र र कुशानसनले योग्यहरुलाई प्रमाणपत्र दिएको हुन्छ । हाम्रो परिस्थिती त्यस्तै भएको हो । अधिकांश संस्थाहरुमा अयोग्य व्यक्तिहरु रहेका छन् । त्यस्ता ब्यक्तिहरू सो निकायमा कसरी कसरी पुगेका छन भन्ने कुराको समाचारहरु आउँछ । समस्या यही हो ।
बाँकी भिडियोमा ः