धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले काठमाडौंको राष्ट्रिय सभागृहमा खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रम दिउँसो १ बजेबाट सुरू हुने र ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देश–विदेशबाट प्रश्न लिँदै जवाफ दिनेछन् ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पाए आगामी पाँच वर्षमा गर्ने कामहरूको खाका प्रतिज्ञापत्रमार्फत् सार्वजनिक गरेको छ । प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको विभिन्न सञ्चार माध्यमहरूले पनि प्रत्यक्ष प्रसारण गर्ने कांग्रेसले जनाएको छ ।