युवा आकर्षित गर्ने प्रयासमा नेपाली कांग्रेस, पाँच वर्षमा १५ लाख युवालाई जागिर दिने सभापति थापाको दावी

Feb 19, 2026 03:19 PM mero lagani



नेपाली कांग्रेसले युवालाई आकर्षित गर्न विशेष योजना सार्वजनिक गरेको छ । सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाएको दावि गरेका छन् ।

थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानको मौलिक हक अन्तर्गतको रोजगारी सृजना गर्ने गरी संकल्पपत्र तयार गरिएको बताए । त्यसको लागि कृषि, पर्यटन, भौतिक पुर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर काम गरिएको बताए ।

'अहिलेका युवाहरूसँग थुप्रै कला, साहित्य र सृजनाहरू छन् । उहाँहरूले सृजना गर्नुभएको छ । तर त्यसलाई बेच्न बजारमा पाइराख्नु भएको छैन । यसबाट स्वतन्त्रता खोज्नु भएको छ । यसबारे हामी प्रस्ट छौँ ’ -उनले भने ।

उनले युवाहरूलाई डिजिटल स्वतन्त्रता र सृजनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको दावि पनि गरे।

उनले युवाहरूमा रहेको सीप र सृजनालाई चलायमान बनाउनुपर्नेमा जोड दिए । यस्तै सरकारले ब्रेन ड्रेनसँगै ब्रेन गेन अर्थात् युवाको दक्ष जनशक्ति पलायनसँगै दक्ष जनशक्तिलाई संस्थागत रुपमा कसरी ल्याउनेतर्फ पनि योजना बनाएको बताए ।

‘विदेश पलायन भएका युवाहरूलाई नेपालमै कसरी संस्थागत ढंगबाट काम गर्ने वातावरण सृजना गर्न सकिन्छ भन्ने  योजना तयार पारेका छौँ’, उनले भने ।




नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।