बिहीबार सुर्खेतमा सार्वजनिक आफ्नो चुनावी वाचा (घोषणापत्र) पत्रमा पार्टीले त्यस्तो प्रतिवद्धता गरेको हो । त्यसको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र प्रभावकारी बनाइने रास्वपाले उल्लेख गरेको छ ।
रास्वपाको चुनावी घोषणा पत्रमा ५ वर्षभित्र ५ लाख रोजगारी सिर्जना गरिने दावि गरिएको छ ।
पार्टीले कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा जोड दिई युवाहरूलाई स्वरोजगार बनाउने रास्वपाले बताएको छ।
यसका लागि स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन दिइने, विदेशी लगानी आकर्षित गरिने र डिजिटल अर्थतन्त्रलाई मजबुत बनाइने दावि गरिएको छ।
रास्वपाले शिक्षा क्षेत्रलाई रूपान्तरण गर्ने ठोस योजना प्रस्तुत गरेको छ शिक्षा क्षेत्रको लागि मेट्रोफन्ड कम्पनी स्थापना गर्ने र बुँदा ६६ मा ३ बच्चासम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ।
यसबाहेक, विश्वविद्यालयहरूलाई स्वायत्त बनाउने, डिजिटल शिक्षा प्रणाली लागू गर्ने र शिक्षकहरूको क्षमता विकासमा जोड दिइने रास्वापले उल्लेख गरेको छ।
पार्टीले स्वास्थ्य बीमालाई सार्वभौमिक बनाउने रास्वपाको घोषणा गरेको छ।
पार्टीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने, औषधि मूल्य नियन्त्रण गर्ने र महामारी नियन्त्रणका लागि पूर्वाधार तयार पार्ने बताएको छ।
हेर्नुहोस घोषणापत्रको पूर्ण पाठ