बिहिबार ६६ वर्ष उमेर पुगेका उनी आफ्नो जन्मदिन मनाउने तयारी गर्दै गर्दा पक्राउ परेका हुन् ।

यद्यपि प्रहरीले औपचारिकरुपमा केही बताएको छैन । बरु स्थानीय प्रहरीले अनुसन्धानका सिलसिलामा नोर्फोकबाट ६० देखि ७० वर्ष उमेरका एक पुरुषलाई सार्वजनिक पदमा रहँदा अनुचित व्यवहार गरेको आशङ्कामा पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले ती व्यक्तिको बारेमा उपयुक्त समयमा विस्तृत जानकारी दिने बताएको छ ।
तर, विविसीले ती व्यक्ति राजाका भाई एन्ड्रु नै भएको बताएको छ । केही दिनअघि टेम्स भ्याली प्रहरीले पूर्वराजकुमार एन्ड्रु र अमेरिकी यौनअपराधी जेफ्री एप्स्टीनसँगको सम्वन्धको बारेमा अनुसन्धान भैरहेको बताएको थियो । उनले भने त्यस्ता आरोप अस्वीकार गर्दै आएका छन्।
राजकुमारको उपाधि खोसिनुअघि ड्यूक अफ योर्क रहेका एन्ड्रू बेलायती महारानी एलिजाबेथ द्वितीयका तेस्रो सन्तान हुन् । उनी सिंहासनको उत्तराधिकारीको नवौँ वरीयतामा थिए।
एन्ड्रूका दुई छोरीहरू राजकुमारी बिएट्रेस र युजेनी छन्।