युनाइटेड अजोडको हकप्रद शेयरका लागि बुक क्लोजको मिति तय, कहिलेसम्मका शेयरधनीले पाउने ?

Feb 20, 2026 12:00 PM merolagani



युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि बुक क्लोज (शेयर दर्ता किताब बन्द)को मिति तय गरेको छ। कम्पनीको २०८१ माघ ५ गते बसेको सञ्चालक समितिको ७६औँ बैठकले सो निर्णय गरेको हो।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले १०० कित्ता शेयर बराबर १० कित्ता (१०:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

हकप्रद शेयर निष्कासनको प्रयोजनका लागि कम्पनीले आगामी २०८२ फागुन १७ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ, फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यो हकप्रद शेयरका लागि आवेदन दिन योग्य हुनेछन्।

 

कम्पनीको २०८१ असार ३० गते सम्पन्न ३१औँ वार्षिक साधारण सभाले १० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। सोही बमोजिम कम्पनीले अहिले निष्कासन प्रक्रिया अगाडि बढाएको हो। कम्पनीले यसबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डलगायतका सम्बन्धित निकायहरूलाई जानकारी गराइसकेको छ।

 




सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।