सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?

Feb 22, 2026 10:41 AM Merolagani



फागुन १० गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतिताेला ५ हजार ६०० रुपैयाँ र चाँदी तोलामा ३७५ रुपैयाँले बढेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३७५ रुपैयाँले बढेको हो । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो।




सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।