निर्वाचन अघि ६ दिन मात्र शेयर काराेबार हुने, शेयर बिक्री कहिले गर्ने ? 'निर्वाचन पछाडि कि अगाडि' भन्ने दाेधारमा लगानीकर्ता

Feb 22, 2026 06:35 PM Merolagani



अब निर्वाचन अघि ६ दिन मात्र शेयर काराेबार हुने भएकाे छ । याे साता चार दिन र अर्काे साता दुई दिन गरी निर्वाचन अघि ६ दिन मात्र काराेबार हुने भएकाे हाे । निर्वाचन फागुन २१ गते हुँदैछ ।

याे साता भाेलि साेमबार, मंगलबार, बुधबार र बिहीबार काराेबार हुने छ । त्यसैगरी, अर्काे साता आइतबार र मंगलबार गरी दुई दिन मात्र काराेबार हुने छ । अर्काे साता साेमबार फागु पूर्णिमा परेकाले सार्वजनिक बिदा हुँदा शेयर काराेबार बन्द हुने छ ।

निर्वाचन आयाेगले २० देखि २२ गतेसम्म बिदा दिन सरकारलाई सिफारिस गरेकाले उक्त तीन दिन बिदा हुने भएकाले पनि निर्वाचन अघि ६ दिन मात्र काराेबार हुने भएकाे हाे ।

'निर्वाचन अघि नै शेयर बिक्री गर्ने कि निर्वाचन पछाडि' भन्ने दाेधारमा लगानीकर्ता देखिएका छन् । निर्वाचनकाे दिन निजिकिदै जादाँ राजनीतिक दलका कार्यकर्ताबीच ठाँउ ठाँउमा भिडन्त हुने सम्भावना देखिएपछि लगानीकर्ता हताेत्साहित भएका छन् । जसका कारण आइतबार नेप्से परिसूचक २७.५९ अंक घटेर २६१४.५५ विन्दुमा झरेको छ ।

अर्काेतिर, निर्वाचन कुनै हालतमा नराेकिने आश्वासन निर्वाचन आयाेगले दिएकाे छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनैपनि हालतमा नरोकिने दृढता व्यक्त गरे ।

‘निर्वाचनको विकल्प निर्वाचन नै हो,’ भण्डारीले भने, ‘केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्, तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन् । २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएरै छाड्छ ।’ उनकाे यस्ताे भनाइले भने लगानीकर्ताहरुमा केही आशा पलाएकाे छ ।




सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।