मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा आजै नभए भाेलिसम्म गर्ने तयारीमा राष्ट्र बैंक, यसपाली ठूलाे परिवर्तन नहुने

Feb 24, 2026 02:57 PM merolagani



नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने अन्तिम तयारी गरेको छ। सकेसम्म आज (मंगलबार) नभए भाेलि (बुधबार) सम्म मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक पुगेकाे छ ।

निर्वाचन आचार संहिताका कारण ठूला परिवर्तन नहुने राष्ट्र बैंक स्राेतकाे भनाइ छ । राष्ट्र बैंक स्रोतकाअनुसार, डेपुटी गभर्नर डा. निलम ढुंगाना विदेश भ्रमणबाट आज स्वदेश फर्किने कार्यक्रम छ । उनलाई कुर्नु परेकाले व्यवस्थापन र सञ्चालक समितिको बैठक बस्न ढिलाइ भएको राष्ट्र बैंक स्राेतकाे भनाइ छ।

ढुंगाना आइपुगेलगत्तै बैठक राखेर समीक्षा स्वीकृत गर्न सकिने र त्यो सम्भव नभए ढिलाेमा बुधबार सार्वजनिक हुने बताइएको छ। आर्थिक वर्षको ६ महिना सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा ल्याउनु कानुनी बाध्यता हो। गत वर्ष फागुन १३ गते राष्ट्र बैंकले मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा गरेकाे थियाे ।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।