निरन्तर दोस्रो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Feb 24, 2026 03:09 PM Merolagani



मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक २१.६२ अंक बढेर २६३८.६० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। सोमबार ५ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ४९ हजार ९३ पटकको कारोबारमा ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँबराबरको ९३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सालपा विकास बैंकको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो बैंकको शेयरमूल्य ४३ रुपैयाँ ९० पैसा बढेर ४८३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढको छ भने सागर डिष्टिलरीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ७२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको साढे २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।