उनीमाथि लगाइएको आरोप र पक्राउको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको पक्षमा आदेश जारी गरेको थियो।
यद्यपि प्रशासनिक प्रक्रिया पूरा गर्न बाँकी रहेकाले उनी सोही दिन रिहा हुन नसकी बुधबार मात्रै मुक्त भएका हुन्।
प्रसाईंलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। यसअघि पनि उनी विभिन्न मुद्दामा पक्राउ पर्दै रिहा हुँदै आएका छन्।