सोही कारण नेप्से सूचक अपेक्षित भएको छैन् । कारोबार रकम समेत सुस्ताएको छ । चुनावको समयमा शेयर बजार बढ्छ भन्ने अधिकांश लगानीकर्ताको बुझाई थियो । तर यस पटकको नेप्सेले चुनावी माहोललाई खासै वास्ता गरेन ।
लगानीकर्ताले बजारको विषयमा प्राविधिक, मनोवैज्ञानिक र राजनीतिक विश्लेषण समेत गरेर लगानी रणनीति बनाउनु पर्ने हुन्छ । चुनाव भन्दैमा बजार बढ्छ भन्ने नहुने बताउँछन् युवा लगानीकर्ता रविन सुवेदी । तीनै सुवेदीसँग सुधा देवकोटाले गरेको कुराकानीः
चुनावी माहोल बढ्दो छ । तपाई जस्ता युवा लगानीकर्ताले अहिले राजनीतिक ओझेलमा परेको बजारलाई कसरी विश्लेषण गर्नु भएको छ ?
शेयर बजारलाई निर्वाचनसँग नै जोड दिएर हेर्दा करिव ५ वटा चुनाव बजारले भोगेको छ । ती चुनावहरुमा बजार आफ्नै बुल एण्ड वियरको चक्रमा थियो । त्यसलाई हेर्दा निर्वाचनकै कारण बजार बढ्ने र निर्वाचनकै कारण बजार घट्ने भन्ने कुरा हुँदैन ।
वास्तवमा बजार बढ्नका लागि तरलता आवश्यक हुन्छ । निर्वाचनकाे समयमा पूँजी चलायमान हुन्छ । तरलता बजारमा आउने अपेक्षा अनुसार चुनावको समयमा बजार बढ्ने तर्क गरिएको हो । अहिलेको बजारलाई हेर्दा बजार साईडवेजको मुभमेन्टमा छ । यो अवस्थामा बजारले खासै वास्ता गरेको देखिदैन । यस्तो हुनुमा बजार करेक्टिभ फेजमा भएर वा राजनीति अस्थिरता कायमै रहेकाले पनि हुन सक्छ । सोही कारणले बजार बढेको छैन भने ठूलो अंकको गिरावट पनि भएको छैन । अहिले लगानीकर्ताले सकृय भएर कारोबार गरेका छैनन । कारोबार रकममा अत्यान्त गिरावट भएको छ । यसको मतलब आम लगानीकर्ताको ध्यान निर्वाचन तर्फ गएको छ ।
अहिलेको बजारमा लगानीकर्ताको सेन्टिमेन्स प्राविधिक विश्लेषण वा राजनीति माहोल के कुराले प्रभावित पारेको छ ?
नेपालको बजार धेरै परिपक्क भएको छैन । राजनीति अस्थिरताले बजारमा धेरै प्रभाव पारेको देखिन्छ । राजनीतिक व्यक्तिहरुले दिएका अभिव्यक्तिले बजारमा छिटो असर गर्ने गरेको छ । अहिलेको बजारमा लगानीकर्ताको आत्मविश्वास गुम्नुमा राजनीति कारण बलियो छ ।
त्यसैगरी, प्राविधिक विश्लेषण शेयर बजारको एक पाटो हो । यसले बजारको आरोह अवरोहहरु र लगानीकर्ताको मनोभावना बुझ्नका लागि सहयोग गरेको हुन्छ । यसले नै बजारलाई प्रभावित गराएको छ भन्ने हुँदैन । लगानीकर्ता आफूले रणनीति बनाउदा लगानी सुनिश्चितका लागि लिइने टेवा हो ।
प्राविधिक विश्लेषण गरेर गरिने लगानीले राम्रो गरेको छ । विगतमा प्राविधिक विश्लेषण गरेर लगानी गर्नेहरु कम हुनुहुन्थो । अहिले अधिकांस लगानीकर्ताहरुले प्राविधिक इन्डिकेटरको संकेत अनुसार कारोबार रणनीति गराउने गरेका छन् । यसको लागि मैले पनि यस्तो विश्लेषण गरेको हुन्छु । इलियोट वेव इन्डिकेटरलाई प्रयोग गरेको हुन्छु ।

इलियोट वेव अमेरिकी बजारसँग सम्बन्धित भएर तयार पारिएको हो । यो नेपाली बजारमा कति अनुकुल छ ?
हो, इलियोट वेवले नेपाली बजार अनुकुल पनि छ । सामान्यतया इलियोट वेवले लगानीकर्ताको मनोविज्ञान अनुसार नै प्रतिकृया गरेको हुन्छ । शेयर बजारमा प्राविधिक विश्लेषकहरूले यसको प्रयोग गर्ने गर्छन । बजार कुन चरणमा छ । र बजार अब कता जाँदैछ भन्ने कुराको पूर्वअनुमान लगाउन मद्दत गर्छ ।
हामीले उदाहरणको लागि विगतमा १८१६ को विन्दुलाई पहिलो चरणको वेव सुरु भएको थियो । सो समयमा लगानीकर्ताले बढ्ने संकत पाएर शेयर एक्युमुलेसन गरेका थिए । यसले करिव ४ सय अंकको बृद्धि बजारमा भएको थियो । नेप्से सूचक २२ सयको विन्दुको आसपास पुगेको थियो । त्यसपछि दोस्रो वेव आयो २०३० को विन्दुमा आयो । सोही समयमा राजनीतिक परिवर्तन र नीतिगत सुधारहरु भए । त्यसपछि बजारमा तेस्रो वेव आयो । यस्तो बेला बजार सधै कुराहरु सकारात्मक हुन्छन । बजारले ठूलो मुभ लिन्छ । सो वेभ ३०४८ को विन्दुमा पुग्यो । यो वेव छोटो समयमा ठूलो वृद्धि लिएको थियो । त्यस पछाडिको करेक्टिभ भयो । तेस्रो वेव निकै छिटो भएका कारणले लामो समय वेव ४ को करेक्सन अवधि खर्चेको छ । साईडवेजको क्रममा बजार छ । चौथो वेवको बटम लगाएको छ । ५ वेव लियो भन्ने कुराको कन्फमेसन अझै छैन ।
धेरै लगानीकर्ताले इलियोट वेवको सुरुवाती चरण र अन्तिम चरण थाहा नपाउदा चुकेका हुन्छन । अहिलेको बजारलाई हेर्दा ५ वेव हो वा करेक्सन ए हो भन्ने कुराको कन्फमेसन भएको छैन । यस्तो बेलामा लगानीर्ताले आफू कुन वेवमा छु भन्ने कुराको पहिचान गर्न सक्नु पर्छ ।
समाजिक सञ्जाल रुर्मोसले लगानीकर्ताको मनोभावनामा कस्तो प्रभाव पारेको हुन्छ ?
यसमा एउटा भनाई छ ‘कन्वेशनल विस्डम कन्सेन्ट थिकिङ्ग सेलडोम राईट” बजारसँग सम्बन्धीत एक्सपर्टहरुको कुरालाई पनि वास्ता नगर्नु भनिन्छ । शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले आफ्नो क्षमता अनुसारको रणनीति बनाउनु पर्छ । अरु कसैको जोखिम लिन सक्ने क्षमताको वारेमा अरुलाई थाहा हुदैन । त्यसैले आफ्नो लगानीको भिडले के भनेको छ भनेर लगानीको रणनीति बनाउनु हुदैन । लगानीकर्ता स्वंयमले अध्ययन गर्नु पर्छ ।
शेयर बजारमा धेरै लोभ र डर साथमा फोमोले धेरै प्रभाव किन पार्छ ?
’बुल मेक्स मनी वियर मेक्स मनी बट विग्स आर गेटिङ्ग स्लर्टड’ भनिन्छ । बुल बजारमा पैसा कामाईन्छ । वियरमा पनि कमाईन्छ । यो बुल र वियर बाहेक कमाउने लगानीकर्ताहरु हुन्छ । उनीहरु लोभ गरेर बसेका हुन्छन । थोरै बढ्दा बिक्री गर्ने । बढेर घटिसक्यो तर बिक्री नगर्ने लगानीकर्ताहरुले पैसा कमाउदैनन ।
अरुको ग्याममा बेट लगाउने होइन । त्यस्तो बेला लगानीकर्ताले आफ्नो मनोभावनालाई नियान्त्रण गर्नु पर्छ । बजारमा हुने गरेको रुमोर्स तर्फ लाग्नु हुँदैन । फोमोको पछाडि लाग्ने लगानीकर्ता नोक्सानीमा हुन्छ । लगानीकर्ताले आफुनो लगानीको रणनीति स्वयंमको अध्ययन र विश्लेषबाट गर्नु पर्ने हुन्छ । लगानीकर्ता सधै अनुशासीत भएर कारोबार गर्नु पर्छ ।
बाँकी भिडियोमाः