इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि सुरु भएको युद्धमा सतर्क भएर सुरक्षित स्थानमा रहन बालेनले अनुरोध गरेका हुन् ।
“राजदूतावासले हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कृपया सकेसम्म घरभित्रै सुरक्षित रहनुहुन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्णरूपमा पालना गर्नुहुन, अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्नुहुन र नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्नु हुन अनुरोध गर्दछु,” बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “आधिकारिक सूचना, समाचार र राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहुन समेत अनुरोध छ ।”
बालेनले सुरक्षित र सजग रहन भनेका छन् ।