सात महिनामा २ खर्ब ५५ अर्ब ऋण प्राप्ति

Mar 01, 2026 01:46 PM merolagani



सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को माघ मशान्तसम्ममा २ खर्ब ५५ अर्ब ४८ करोड बराबरको ऋण प्रप्ति गरेको छ ।

अर्थ मन्त्रालय मातहतको सार्वजिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब सार्वजिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा माघ मासान्तसम्ममा उक्त ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा सार्वजनिक ऋण प्राप्ति ४२.८९ प्रतिशत हो ।

कार्यालयकाअनुसार चालु आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा माघ मसान्तसम्ममा १ खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भएको छ । यो अवधीसम्ममा कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ ।

जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ८१ % प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.१९ % प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्व ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा माघ मसान्तसम्म २ खर्ब ३ अर्ब ६५ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४९.५५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्ममा कुल ऋण सेवा खर्च ३.३३ प्रतिशत रहेको छ ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।