सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरले पाए आईपीओ जारी गर्न अनुमति

Mar 01, 2026 06:08 PM merolagani



नेपाल धितोपत्र बोर्डले सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरलाई आईपीओ जारी गर्न अनुमति दिएकाे छ । बाेर्डले आज दुई कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हाे।

सोपान फर्मास्युटिकल्सले ४२ करोड ९० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ९० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

यसैगरी, याम्बलिङ हाइड्रोपावरले २८ करोड रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आईपीओ बिक्री गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।