५६ सयले बढ्यो सुनको मूल्य, चाँदी ६ हजार नाघ्यो

Mar 02, 2026 11:50 AM merolagani



सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १८ गते सोमबार सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो ।

सुनकाे मूल्य तीन लाख २६ हजार १०० रुपैयाँ पुगेकाे छ ।हिजाे प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदी ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ ।हिजाे प्रतितोला पाँच हजार ९८५ मा कारोबार भएको थियो ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।