Tue, Mar 03, 2026
सर्लाहीमा बेहोस भएका मतदान अधिकृत रघुनाथ महतोको मृत्यु भएको छ । मंगलबार बिहान अचानक बेहोस भएपछि उनलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा दिउसाे २ बजे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका थिए ।
रौतहटको माधन नारायण नगरपालिका–६ घर भएका उनी सिनियर अहेब हुन् ।
नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।