सुन र चाँदी दुवैको मूल्य घट्यो

Mar 06, 2026 11:53 AM Merolagani



फागुन २२ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । यसदिन सुन प्रतितोला ४ हजार २०० रुपैयाँले र चाँदी तोलामा ९५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ९५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ४४५ रुपैयाँले कारोबार भइरहेको छ । बुधबारको बजार चाँदी तोलाको ५ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।