८ महिनामा सरकारले उठायो ७ खर्ब ७१ अर्बको राजश्व, लक्ष्य कति ?

Mar 15, 2026 12:59 PM merolagani



सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्म ७ खर्ब ७१ अर्ब रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । 

अर्थ मन्त्रालयले जारी गरेको सूचनाअनुसार, वार्षिक १४ खर्ब ८० अर्बको राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्म उक्त राजश्व संकलन भएको हो ।

अर्थ मन्त्रालयकाअनुसार, गत फागुन मसान्तसम्म ९ खर्ब १० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यको तुलनामा राजश्व कम संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । २०८२ फागुन महिनामा मात्र सरकारले ८२ अर्ब ५३ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।