रास्वपाले समानुपातिमा महिलालाई प्राथमिकता, ५७ मध्ये ४८ जना महिला

Mar 15, 2026 01:42 PM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका सांसदहरुको नामावली टुंगो लगाएको छ । पार्टीले आज नै निर्वाचन आयोगमा ५७ जना समानुपातिकतर्फको सांसदहरुको नामावली बुझाउन लागेको हो ।

जसमा ४८ जना महिला र ९ जना पुरुषहरु समानुपातिक सांसदका रहनेछन् । पार्टीले विधिसम्म समानुपातिक तर्फ विभिन्न क्लस्टरका आधारमा पाउने सिटको संख्या र नामावली आज नै निर्वाचन आयोगमा बुझाउने रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

उनका अनुसार, रास्वपाले समानुपातिकतर्फ ५७ जनाको नामावली टुंगो लगाएको छ । जसमा खसआर्यतर्फ १७ जना, जनजाती १६ जना, दलित ८ जना, मुस्लिम ३, मधेशी ९ जना, थारु ४ जना गरी कुल ५७ जना सांसदको नामावली टुंगो लगाएको हो ।