उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान

Mar 25, 2026 01:31 PM Merolagani



उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकबाटै सरकार चलाउने बताएका छन्। वागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बुधवार उनले यस्ताे बताएका हुन् ।

मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने उनले बताए । मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भुमिका निर्वाह गर्ने अध्यक्ष घिसिङको भनाई छ । उनले देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने पनि आफ्नो पार्टीको प्रतिवद्धता रहेको बताए । अध्यक्ष घिसिङले आफ्नो पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रुपमा उदय हुने जिकिर समेत गरे ।

उनले भने,‘उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ । हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ । सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ । सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानकालागि सशक्त भुमिका हामीले निभाउनेछौँ । यो देशको राष्ट्रियता, यो देशको समृद्धि र समस्याको विषयमा हामीले सशक्त रुपले सडकबाट खवरदारी गर्नेछौँ । राम्रा कुरालाई समर्थन गर्नेछौँ । नराम्रा, खराब कुरालाई खवरदारी गर्दै देशलाई सही बाटोमा अगाडि बढाउनका लागि हामी सशक्त रुपमा अगाडि बढ्नेछौँ । यो हाम्रो प्रतिवद्धता हो । अब उज्यालो नेपाल पार्टी हामी अब उज्यालो नेपाल पार्टी हामी हारेर पनि सबभन्दा अगाडि उठेको पार्टी हो । हामी चुनाव सकिएको केही समयमा नै केन्द्रिय कमिटीको बैठक राख्यौँ । छलफल गर्यौं । देशैभरीको उम्मेदवारहरुलाई बोलाएर समिक्षा गर्यौ । आगामी दिनमा कसरी जाने भनेर एउटा कार्यदिशा पनि बनाएका छौँ । हामीले त्यस विषयमा छलफल गरेका छौँ । र सबै प्रदेशहरुमा हामीले भेलाहरु, तय गरेका छौ । पहिलो भेलाहामी बागमती प्रदेशबाट गर्दैछौँ । १४ गते हामी मधेस प्रदेशबाट भेला गर्दैछौँ । त्यस्तै गरेर हामी सात वटै प्रदेशमा भेलाहरु सम्पन्न गर्दैछौँ । त्यसपछि हामी जिल्ला भेला, पालिका भेला र वडासम्मको भेला सम्पन्न गरेर उज्यालो नेपाल पार्टीले अब गाउँटोलसम्म हाम्रो संगठन विस्तार गर्नेछौँ । अब हामी घर दैलोमा पुग्छौ । घरघरमा पुग्छ । र उज्यालो नेपाल पार्टीले आगामी स्थानीय निकाय र प्रदेशको चुनावमा नेपालको सशक्त पार्टीको रुपमा उपस्थित हुन्छौँ ।’

अध्यक्ष घिसिङले प्रतिनिधि सभा निर्वाचनमा थोरै समय भएर कारण आफ्नो पार्टीले हार व्यहोर्नुपरेको निष्कर्ष पनि सुनाए ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।