सुन र चाँदीको मूल्यमा गिरावट

Mar 26, 2026 10:55 AM Merolagani



चैत १२ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै यस दिन बजारमा चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।