रिज लाइन इनर्जीको मूल्य ३० रुपैयाँ !

Mar 26, 2026 11:01 AM Merolagani



चैत १२ गते बिहीबार, स्पेशल प्रि ओपन सेसनमा रिज लाइन इजर्नी (RLEL) को पहिलो कारोबार ३० रुपैयाँमा कारोबार भएको छ।

कम्पनीको शेयर हिजो अर्थात चैत ११ गते, बुधबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। यद्यपि, आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर रेञ्जभन्दा निकै तल कारोबार भएको देखिएको छ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको २६ लाख ७ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ९२ लाख लाख ९३ हजार कित्ता शेयर गरी कुल १ करोड १८ लाख ५० हजार कित्ता नेप्सेमा हिजो सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई स्टक टिकर प्रदान गरेको छ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।