मन्त्रीहरुको बारेमा अझै ‘सस्पेन्स’ ! नाम गोप्य राखिएको कि बालेन र रवि पक्षबीच भागबण्डा मिल्नै बाँकी ?

Mar 26, 2026 03:09 PM mero lagani



सुक्रबार दिउँसो नयाँ सरकार गठन हुने टुंगो लागेको छ । प्रधानमन्त्री बालेन शाहले सपथ लिएसंगै सबैजना मन्त्रीहरुलाई सपथ दिलाएर सुक्रबार नै सरकारलाई पूर्णता दिन लागिएको बताइएको छ । 

‘सबै जना मन्त्रीहरुले सपथ लिने’ भनिए पनि एकातिर त्यो ‘सबै जना’ भनिएको कति जना हो भन्ने अझै एकिन हुन सकेको छैन ।

किनकी सत्ता सम्हाल्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले हाल कायम रहेका २५ वटा मन्त्रालयलाई घटाएर १५ देखि १८ वटामा सिमित गर्ने बताउँदै आएको छ । त्यहीअनुसार कतिपय मन्त्रालयहरु एक आपसमा गाभ्ने र कतिपय खारेज गर्ने तयारी भइरहेको बताइएको छ । तर, सरोकारवालाहरुकै असहमति र विरोधका कारण कुन कुन मन्त्रालयहरु गाभ्ने वा खारेज गर्ने भन्नेमा टुंगोमा पुग्न अझै पनि नसकेको रास्वपा नेताहरु बताउँछन् ।

अर्काेतिर मन्त्रीहरु को को बन्दैछन् भन्ने बारेमा पनि ‘सस्पेन्स’ कायमै छ । रास्वपा नेताहरु गृह, अर्थ, भौतिक योजनासहितका प्रभावशाली मानिने मन्त्रालयहरुमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बन्न लागेका वरिष्ठ नेता शाहबीच कुरा मिल्न बाँकी रहेकाेले मन्त्रीहरुको बारेमा अन्योल कायम रहेको बताउँछन् । त्यसमाथि नेता शाह त अन्तिम समयमा एकै पटक सपथ ग्रहणको बेला मन्त्रीहरुको नाम सार्वजनिक गर्ने पक्षमा रहेको बताएका छन् ।

 

 

‘अहिले मन्त्री भन्दै जति नामहरु आइरहेका छन्, ती सबै अनुमानको बारेमा आएका नाम हुन् । अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले अर्थमन्त्रीका स्वभाविक दावेदार हुनुहुन्छ, किनकी अहिले पार्टीबाट निर्वाचित सांसदहरुमध्ये सबैभन्दा सशक्त अर्थशास्त्री उहाँ नै हो । तर, उहाँ नै मन्त्री बनिहाल्नुहुन्छ भन्नेसमेत अहिलेसम्म टुंगो लागेको छैन भने अरुको त झन टुंगो लाग्ने कुरै भएन’ ती नेताले मेरो लगानीसंग भने ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।