ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ नियुक्त हुँदै, को हुन् उनी ?

Mar 27, 2026 11:43 AM Merolagani



रास्वपा नेतृत्वको सरकारको मन्त्रिमण्डलअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा उनी केही समय युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

मन्त्री हुँदा खेलकुद क्षेत्रको बेथिति हटाउन र खेलाडीहरूको मनोबल बढाउन चालेका कदमहरूले उनलाई चर्चामा समेत ल्याएको थियो । त्यसलाई ब्रान्डिङ गर्दै उनले चुनावमा होमिएका उनी पुनः निर्वाचित भएर आएका हुन् ।

२१ फागुनको निर्वाचनमा उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका हुन् । २४ हजार ५९२ मत ल्याएर श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । २०७९ मा पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाटै उनले प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका थिए ।