अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णयः १५ ऐन खारेज गर्ने र आर्थिक स्थितिपत्र तयार पार्ने

Mar 27, 2026 02:24 PM merolagani



नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन् ।

आज मन्त्रालयको पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रुपमा ती ऐन खारेज गर्ने बताए ।

उनले १३ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । अर्थमन्त्रीको कार्यभार सम्हाल्दै वाग्लेले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।