६ देखि ७ अर्बको कारोबार भइरहेको बजारमा औसत १५ अर्बको कारोबार रकम आएको छ । तर ३ हजारको विन्दुमा ठूलो सप्लाई आउने भएकाले यस भन्दा पहिलेका दिनमा बजारले यसभन्दा माथिको गतिलाई निर्धारण गर्न सकेको थिएन ।
शुक्रबार नयाँ सरकार गठन भएको छ । नयाँ सरकार प्रति बजारले विश्वास देखाएको छ । आम लगानीकर्ताहरुको आत्मविश्वास बलियो भएकै कारण बजारले माथिल्लो उचाइ कायम गर्ने लगानीकर्ता स्याम चालिसेको दावी छ । चालिसेसँग सुधा देवकोटाले गरेको कुराकानीः
नेप्से सूचक २९ सयको बिन्दुमा छ । नेप्सेले नयाँ उचाइ बनाउने अपेक्षा धेरै लगानीकर्ताले गरेका छन् । तपाईले बजारको अवस्था कस्तो देख्नु भएको छ ?
शेयर बजार लगानीकर्ताहरुको ‘सेन्टिमेन्ट’ अनुसार चलेको हुन्छ । लगानीकर्ताको सकारात्मक मनोभावना बन्यो भने बजारले सोही अनुसारको प्रतिकृया जनाउछ ।
बजारमा लगानीकर्ताको ‘सेन्टिमेन्ट’ सकारात्मक बनेको छ । बजारले यो वृद्धिलाई निरन्तरता दिने छ । बजारमा यसैगरी लगानीकार्ताको सहभागिता बढ्ने छ भन्नेमा मेरो अनुमान छ ।
के कुराले लगानीकर्ता सेन्टिमेन्ट बन्यो ? यस भन्दा पहिले पनि यो विन्दुमा नेप्से सूचक पटक पटक पुगेको थियाे । यो विन्दुमा टिक्न सकेन । अहिले ३ हजारको विन्दु पार गर्छ भन्ने ठोस आधार के छ तपाईसँग ?
पछिल्लो राजनीति घटना क्रमले लगानीकर्ताहरु बजार प्रति उत्साहित भएका छन् । स्थिर सरकार बनेपछि लगानीको वातावरण भन्नेछ भन्ने आशा गरिएको छ । अहिलेको सुस्त अर्थतन्त्रलाई उकास्ने नीति सरकारले लिनेछ भन्नेमा निजी क्षेत्र आशावादी भएका छन् । त्यसले बजारलाई बलियो बनाएको छ । अहिलेको बजार सबै प्रकारका लगानीकर्ताको लागि अवसर हुन सक्छ । विजनेस राम्रो हुन्छ, इकोनोमी राम्रो हुन्छ । बजारमा अरु क्षेत्रबाट 'क्विक' पैसा बनाउने छ । अर्को कुरा, आईपीओहरू पनि आउने क्रममा छन् । मेरो विचारमा बजारले छिट्टै ३२ सयको विन्दु पार गर्ने छ ।
विदेशमा बस्ने नेपालीका लागि नेपालको बजार लगानीका लागि सम्भावना कस्तो छ ?
नेपाली बजारमा अनुकुल वातावरण बनेमा विदेशमा बस्ने नेपालीहरू नेपालमा इन्भेष्ट गर्न चाहान्छन् । त्यस्ता लगानीकर्ताहरुले लगानीको सुरक्षा खोजेका हुन्छन् । अहिले सरकार बन्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशी लगानी ल्याउने गरी नीतिगत व्यवस्था गर्नुपर्छ । अहिले पनि एनआरएनलाई समेत लगानी गर्न सहज छैन। उनीहरुलाई नेपालमा गरेको लगानीको नाफा लैजान समस्या छ । अब बन्ने सरकारले त्यस्तो समस्या समाधान गर्ने गरी नीतिगत व्यवस्था गर्नुपर्छ । यस्तो गर्दा विदेशी लगानीकर्ताहरु नेपाली बजारमा लगानी गर्न तयार हुन्छन् ।
मध्यपूर्वको तनावले अन्तर्राष्ट्रिय बजार (विशेषगरी अमेरिका) को बजारमा कस्तो प्रभाव परेको छ ? त्यसले नेपाली बजारमा प्रभाव पार्छ ?
अमेरिकन मार्केट अहिले करेक्सनमा छ । अन्तर्राष्ट्रिय बजारसँग नेपालको बजारको अन्तरसम्बन्ध छैन । नेपाली करेन्सी इन्डिया लक भएको छ । अन्तराष्ट्रिय बजार अल–टाइम हाई हुँदा नेपाली बजार बियरमा थियो । त्यसैले उताको द्वन्द्वले यहाँ सिधै असर गर्छ । कच्चा तेलमा भएको वृद्धिले भने अन्य आर्थिक गतिविधिहरुमा समस्या हुने सक्छ । त्यसको प्रत्यक्ष वा अपत्यक्ष प्रभाव पर्ला । तर सिधा प्रभाव बजारमा नपर्ने भएकाले नेपाली लगानीकर्ताहरु डराउनु पर्दैन । अन्तराष्ट्रिय लगानी धेरै छैन । त्यसैले डराउन पर्दैन ।

तपाईले ‘मनी मेकिङ रुल्स’ किताब पनि लेख्नुभएको छ। आम लगानीकर्ताले कसरी पैसा बनाउने ?
वास्तवमा भन्ने हो भने पैसा बनाउन खासै गाह्रो छैन । एकदम सजिलो छ । तर कसरी पैसा कमाउने भन्ने कुरा बुझ्न गाह्रो छ । म ‘पैसा बनाउने’ भन्दा पनि धनी हुने कुरामा जोड दिएको हुन्छु । पहिले लगानीकर्ताहरुले आफ्नो माइन्डसेट बनाउनु पर्छ । लङ टर्म माइन्डसेट हुनुपर्छ । धैर्यता राख्नु पर्छ । कम्तिमा पनि २–४ वर्ष कुर्न सक्नु पर्छ । यो अवधिमा आफ्नो लगानीलाई डबल गर्छु भन्ने सोच्न बनाएर लगानीको रणनीति लिनु पर्छ ।
दोस्रो ध्यान दिनुपर्ने कुरा लगानी गर्दा कम्पनी छनोटमा ध्यान दिनुपर्छ । कम्पनीको शेयर मूल्य कति कायम भएको छ त्यसलाई खासै ख्याल गर्नु हुदैन । कम्पनीको ग्रोथलाई प्राथमिकता दिएर लगानी गर्नु पर्छ । अर्को सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको कम्पाउन्डिङ हो । कुनै राम्रो कम्पनीमा गरिएको लगानी केही बर्षको अन्तरालमा नै डवल हुने सम्भावना रहन्छ । तर लगानीकर्ताहरु छिटो नाफा गर्न खाज्दा गल्ति गरेका हुन्छन ।
नेपालमा इन्ट्राडे र सर्ट सेलिङको माग भइरहेको छ । यसलाई कसरी बुझ्ने?
सर्ट ट्रेडिङ वा डे ट्रेडिङ भनेको क्यासिनो जस्तै हो। यसमा जित्ने चान्स एकदम कम हुन्छ। यस्तो प्रकृतिको लगानी अत्यान्त जोखिम हुन्छ । सर्ट टर्ममा स्मार्ट लगानीकर्ताहरुले मात्रै कमाउन सकेका हुन्छन । यस्तो कारोबारमा प्रतिस्पर्धा हुन्छ । तपाईँभन्दा स्मार्ट मान्छेले तपाईँलाई डुबाउन खोजिरहेको हुन्छ। त्यसैले म जहिले पनि लङ टर्म इन्भेष्टमेन्ट नै सुझाव गर्छु। नेप्सेमा राम्रो कम्पनी छान्नुभयो भने ४–५ वर्षमा पैसा डबल हुने सम्भावना अझै छ ।
बाँकी भिडियोमाः