ऊर्जा वण्ड जारी गर्न र दूधकोशी आयोजना अघि बढाउन नवनियुक्त ऊर्जामन्त्रीलाई हितेन्द्रदेवको माग

Mar 27, 2026 03:37 PM merolagani



नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा वण्ड जारी गर्न र ४६९ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना अघि बढाइदिन नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसमक्ष माग गरेका छन् ।

 

श्रेष्ठले पदभार ग्रहण गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भेट गर्दै यस्तो आग्रह गरेका हुन् ।

नवनियुक्त मन्त्री श्रेष्ठले प्राधिरकणले गरेका कामहरुको बिफ्रिङ लिएका थिए । भेटमा शाक्यले २० अर्बको उर्जा वण्ड जारी गर्न यसअघि नै प्रक्रिया अघि बढेको बताएका हुन् ।

प्राधिकरणको नगद प्रवाहमा संकुचन आएको भन्दै ऊर्जा वण्ड जारी गर्नुपरेको उनले बताएका थिए ।