जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्नेलगायत यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्त्वपूर्ण चार निर्णय

Mar 27, 2026 05:03 PM merolagani



नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

शुक्रबार अपराह्न सिंहदरबारमा बसेको बैठकले जेनजी घाइतेहरूलाई सम्मान गर्ने पनि निर्णय गरेको छ।

त्यसैगरी, सुरक्षा निकायको अधिकार र कार्यप्रणालीको अध्ययन गर्न कार्यदल गठन गर्ने र शासकीय सुधारका लागि १०० बुँदा पारित गर्ने निर्णय गरेको छ । महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय समेत भएको बताइएको छ।

यी हुन् सरकारले गरेका ४ निर्णय

१.शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
२.सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३.शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
४.जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने