पूर्व गृहमन्त्री लेखक पक्राउ

Mar 28, 2026 05:51 AM Merolagani



पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको कटुन्जेबाट सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोलीले पक्राउ गरेको हो।

उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको स्रोतले बताएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गए राति नक्सालस्थित आइजीपीकौ निवासमा गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरी आइजीपी दानबाहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालबिच लेखक र तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पक्राउ गर्नेबारे छलफल भएको थियो।