एमाले सचिवालय बैठक बस्दै, अध्यक्ष ओलीको पक्राउविरुद्ध प्रदर्शन गर्ने

Mar 28, 2026 07:27 AM merolagani



नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बताएका छन् 

उनले फेसबुकमा लेखेका छन्,

“बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ,” ।

“प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ,” उनले भनेका छन्, “अहिले बिहान ८ः३० बजे बस्ने सचिवालयको बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ ।”