सूर्योदय वोमी लघुवित्तमा कामु प्रमुखको जिम्मेवारीमा आचार्य

Apr 01, 2026 01:43 PM MeroLagani



सूर्यादेय वोमी लघुवित्तले प्रमेश आचार्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत ताेकेकाे छ ।

 

कम्पनीकाे मंगलबार बसेको सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको हाे । वर्तमान प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीको पदावधि आज बुधबार सकिंदैछ । आचार्यले चैत्र १९ गतेदेखि काम प्रमुख कार्यकारीको जिम्मेवारीमा काम गर्नेछन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।