प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले नीति, कानून, मापदण्ड र मान्यताका आधारमा पारदर्शी नियुक्ति प्रणाली स्थापना गर्न चाहेको भन्दै राजनीतिक नियुक्ति खाएका सार्वजनिक निकायका पदाधिकारीलाई स्वेच्छाले पद छाडेर मार्ग प्रशस्त गर्न आग्रह गरे ।
उनले भने, ‘सरकार नयाँ, नीति, कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागु गर्न चाहान्छ । हिजो नियुक्ति लिएका सार्वजनिक निकायका पदाधिकारीहरुले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।’
उनले न्याय पाउने पहिलो अधिकार जेनजीकी आमालाई भएको भन्दै त्यसलाई प्रतिशोध नभन्न प्रतिपक्षी दलहरुलाई आग्रह गरे ।