प्रारम्भिक इकाई बाँडफाँटपछि, फण्डले २० करोड इकाई जारी गर्ने स्वीकृति प्राप्त गरेको थियो। योजनाको आकार ६ अर्ब रुपैयाँ अर्थात ६० करोड इकाई रहेकोमा गत चैत ५ गतेका दिनदेखि लागु हुने गरी नेपाल धितोपत्र बोर्डबाट स्विकृती दिएसँगै उक्त फण्डको आकार बृद्धि भई १० अर्ब रुपैयाँ अर्थात १ अर्ब इकार्ई कायम भएको हो। यससँगै यो फण्ड नेपालका म्युचुअल फण्डहरुमध्ये सबैभन्दा ठूलो फण्डको रुपमा स्थापित भएको छ। हाल नेपालमा ४३ वटा बन्द मुखी र १३ खुलामुखी मुच्युअल फण्ड सञ्चालनमा रहेका छन्।
सो फण्ड नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम अन्तर्गत दर्ता भएको छ। उक्त फण्ड नेपालको पहिलो खुलामुखी म्युचुअल फण्ड हो, जसले अन्य खुलामुखी म्युचुअल फण्डहरुको विकासका लागि मार्गप्रशस्त गरेको छ।
उक्त फण्डले इक्विटी, डिबेन्चर, फिक्स्ड डिपोजिट, ट्रेजरी बिल जस्ता उपकरण तथा स्थिर आय आर्जनका साधनहरुमा लगानी गरी प्रतिफल सिर्जना गर्ने गरेको छ। यो योजना २०७६ सालको असार २४ गते सुरु गरिएको हो। खुलामुखी प्रकृतिका कारण यो नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छैन तर सिधै योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेड मार्फत खरिद तथा बिक्री गर्न सकिन्छ।
उक्त फण्डको आकार ६ अर्ब रुपैयाँ रहेको र बिज पूँजीको कारण विगत लामो समयदेखि फण्डको इकाई वृद्धि नभएको कारण इकाईधनीरुको इकाईहरू हितग्राही खातामा जम्मा नभएको र नेपाल धितोपत्र बोर्डबाट बीज पूँजी सम्बन्धमा गत माघ २ गते जारी निर्देशिका अनुसार फण्डको गत चैत ५ गतेका दिनदेखी लागु हुने गरी नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार १० अर्ब कायम गर्न स्वीकृति प्राप्त भएको हुँदा पुनः इकाईधनीहरुको इकाईहरू हितग्राही खातामा जम्मा गरिएको व्यहोरा सम्पूर्ण लगानीकर्ताहरुमा जानकारी गराएको छ।
तसर्थ, एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुले सम्पूर्ण इकाईहरु आफनो मेरो शेयर लग ईन गरी लगानी गरीएको इकाईहरु सफलतापूर्वक के्रडिट गरिएको पुष्टि गर्ने सक्नेछन्। साथै, सम्पूर्ण लगानीकर्ताको इकाई डिम्याट खातामा के्रडिट गर्न ढिलाई भएकोमा क्यापिटलले क्षमा मागेको छ।
एनआइएमबि एस क्यापिटल लिमिटेडले विगत १३ वर्षदेखि नेपालको अग्रणी मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकको रुपमा स्थापित हुँदै आएको छ। क्यापिटलले पूँजी बजारमा स्थिर प्रतिफल, भरपर्दो सेवा तथा सशक्त उपस्थिति कायम गदै आएको छ। एनआइएमबि एस क्यापिटलले म्युचुअल फण्ड, पोर्टफोलिया व्यवस्थापन सेवा, परामर्श सेवा, डिपोजिटरी सहभागी सेवा, निष्काशन व्यवस्थापन, शेयरको प्रत्याभूति, शेयर रेजिस्ट्रार सेवा प्रदान गदै आएको छ।