नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यसैगरी यसदिन चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँमा कारोबार भएको थियो।
