जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

Apr 19, 2026 12:03 PM Merolagani



काठमाडौं महानगरपालिका-३१ संगमचोकस्थित सिन्धुली घर भएका ४२ वर्षीय कृष्ण बहादुर थापाले संचालन गरेको थापा रेष्टुरेन्ट एण्ड खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ८ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी, काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं मुलपानी बस्ने ओखलढुङ्गा घर भएका ४२ वर्षीय तिलक बहादुर तामाङ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूबाट नगद ८३ हजार ८ सय ८० रूपैयाँ र १ बुक तास बरामत गरेकाे छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।