Sun, Apr 19, 2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने बस्ने भएको छ । सभापति रवि लामिछानेले सोमबार दिउँसो ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
रास्वपाले केन्द्रीय सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ । सो पार्टीको सचिवालय बैठक आज साढे ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।