पछिल्लो एक वर्षमा ५३२ मेगावाट विद्युत् उत्पादन, लक्ष्य हासिल गर्न अझै सकस

Apr 19, 2026 02:16 PM merolagani



पछिल्लो एक वर्षको अवधिमा राष्ट्रिय ग्रीडमा ५३२ मेगावाट बिजुली जडित भएको छ । गत २०८२ बैशाखदेखि चैत मसान्तसम्ममा जलविद्युत् र सौर्य आयोजना गरी कुल ५३२ मेगावाट बिजुली उत्पादन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

 

उक्त अवधिमा ४९९ मेगावाट जलविद्युत् र ३३ मेगावाट सौर्य ऊर्जा उत्पादन भइ प्रणालीमा जोडिएको हो । प्राधिकरणका अनुसार, कुल २३ वटा आयोजनाहरुको निर्माण सम्पन्न भइ विद्युत् उत्पादन भएको हो ।

यो सँगै कुल जडित क्षमता ४१ सय पुगेको छ । निर्माण सम्पन्न भएका ती अधिकांश निजी क्षेत्रका आयोजनाहरु हुन् । उक्त अवधिमा सम्पन्न हुने सवैभन्दा ठूलो आयोजना हो, १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना । त्यस्तै, म्याग्दीमा माथिल्लो राहुघाट (४८.५ मेगावाट), ताप्लेजुङको मेवा खोला (५० मेगावाट), कास्कीको माद्मे खोला (२४ मेगावाट) र म्याग्दीको ठुलो खोला (२१.३ मेगावाट) प्रमुख आयोजना हुन् ।

प्राधिकरणले विगतमा वार्षिक एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राख्ने गरेको थियो । तर, कुनै पनि वर्ष उक्त लक्ष्य पूरा हुन सकेको छैन् । पछिल्लो एक वर्षको विद्युत् उत्पादनको अवस्था पनि उस्तै छ ।

अर्थात, लक्ष्यको आधा मात्र विद्युत् उत्पादन हुन सकेको देखिन्छ । चालू आर्थिक वर्ष २०८२/०८३ मा प्राधिकरणले एक हजार मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य लिएको छ । तर, उक्त लक्ष्य हासिल गर्न अहिलेकै अवस्थामा सकस हुने ऊर्जा क्षेत्रका जानकारहरु बताउँछन् ।

 

 




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।