आजदेखि नयाँ सर्किट व्यवस्था लागू, अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 20, 2026 10:29 AM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आज सोमबारदेखि कार्यान्वयनमा आएको छ।

अन्तर्राष्ट्रिय अभ्यास र नेपाली पूँजी बजारमा बढ्दो लगानीकर्ताको संख्यालाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको हो। सूचीकृत कम्पनीको मूल्य सीमा १५ प्रतिशत पुर्‍याउँदा बजार थप 'भोलाटाइल' (अस्थिर) हुन सक्ने देखिए पनि यसले बजारलाई वास्तविक मूल्य खोज्न र तरलता बढाउन सहयोग पुग्ने विश्लेषण गरिएको छ। आजदेखि लागू हुने यो व्यवस्थाले नेपालको पूँजी बजारलाई नयाँ उचाइमा लैजाने र लगानीकर्ताहरूका लागि थप अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।