पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै जेनजी अभियानले आयल निगमलाई बुझायो ज्ञापनपत्र

Apr 20, 2026 03:57 PM Merolagani



राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग नेपाल आयल निगमलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ ।

सोमवार अभियानका प्रतिनिधिहरुले निगमको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो । यसअघि शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो संगठनले २४ घण्टाभित्र मूल्य नघटाए आयल निगम घेर्ने चेतावनी दिएको थियो । सो संगठनका प्रवक्ता वीरजंग विश्वकर्माले इण्डियन आयल कर्पोरेशन बाट खरिद हुने पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाउँदै खरिद मूल्य, कर संरचना र मूल्यसूची सार्वजनिक गर्न माग गरे ।

उनका अनुसार मूल्य स्थिरीकरणका लागि उपलब्ध कोष तत्काल प्रयोग गरी उपभोक्तालाई राहत दिनुपर्ने, प्रशासनिक खर्च कटौती गर्दै कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न कडा अनुगमन गर्नुपर्ने तथा हालको आर्थिक संकट अन्त्य नभएसम्म पेट्रोलियम पदार्थको मल्यवृद्धि पूर्ण रूपमा रोक्नुपर्ने जेनजी नागरिक अभियानको माग रहेको छ ।

उनले सरकारले इन्धनमा कर तथा भन्सार छुट दिने निर्णय गरे पनि त्यसको लाभ उपभोक्तासम्म नपुगेको समेत बताए । निगमको कार्यालयमा केही समय नाराबाजी समेत गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।