इरान र अमेरिकाबीचको तनाव कम गर्न पाकिस्तानको कुटनीतिक पहल

Apr 24, 2026 10:14 AM Merolagani



पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र सेना प्रमुख असिम मुनिरले दिगो शान्तिका लागि इरान र संयुक्त राज्य अमेरिकाबीचको विवाद समाधान गर्न हरेक तहमा निरन्तर प्रयास गरिरहेको जानकारी दिएका छन् । गृहमन्त्री मोहसिन नक्भीले बिहीवार यसबारे जानकारी दिएका हुन् ।

इरानमाथि अमेरिका र इजरायले संयुक्त रुपमा आक्रमण गरेका थिए । पाकिस्तानको कसमन्वयमा केही समयका लागि युद्धविराम भएको छ । तर स्थायी युद्धविराम गराउन पाकिस्तानले कुटनीतिक पहल गरिरहेको उनले बताए ।

इस्लामाबादस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत नताली ए. बेकरसँगको भेटमा नक्भीले दुवै पक्षले कूटनीति र शान्तिपूर्ण समाधानलाई प्राथमिकता दिने विश्वास व्यक्त गरेकाे गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।