व्यवसायीहरू धमाधम पक्रिरहँदा अर्थ मन्त्रालयका पाँच जना सहसचिवकाे एकैपटक प्रदेशमा सरुवा

Apr 24, 2026 12:53 PM Merolagani



सम्पत्ति सुद्धीकरणका लागि सरकारले भटाभट व्यवसायीहरू पक्राउ परिरहेकाे बेला  सरकारले अर्थ मन्त्रालयका पाँच जना सहसचिवलाई एकैपटक सरुवा गर्दै प्रदेशमा खटाएको छ। 

लामो समयदेखि मन्त्रालय अन्तर्गत कार्यरत रहेका उनीहरूलाई विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको हो। उनीहरूमा पनि केही कैफियत देखिएपछि सरूवा भएकाे हुनसक्ने अनुमान छ ।

आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहाललाई सुदूरपश्चिम प्रदेश, सहमहालेखा नियन्त्रक सुशीला अर्याललाई लुम्बिनी प्रदेश, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईलाई बाग्मती प्रदेशमा खटाइएको छ।

यसैगरी, वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख महेश बराललाई मधेश प्रदेशमा सरुवा गरिएको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।